माघ, काठमाडौं । बालुवाटारस्थित विवादित ललिता निवासको जग्गामा पनि पेसरकुकर फेला परेकाे छ ।
बुधबार राति भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको स्टोर छेऊ रहेको पर्खालबाहिर कुकर जस्तो देखिने शंकास्पद वस्तु भेटिएको हाे ।
घटनास्थलमा सेनाको बम डिस्पोजल टोली घेरामा रहेकाे छ ।
यसअघि ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको नागार्जुन–१ नर्सरी चोकस्थित बम पड्केको थियाे ।