सडक ढाकेर पार्किङ गरेकाे प्रहरीकै गाडीमा ट्राफिकले लगाइदियो ‘ह्विल लक’

काठमाडौं सडक ढाकेर पार्किङ गरिरहेकाे अवस्थामा प्रहरीको गाडीमा ट्राफिकले ह्विल लक गरेको छ।

अनामनगरमा ट्राफिक प्रहरीले प्रहरीकै गाडीमा सडक ढाकेर पार्किङ गरेकाे अवस्थामा ह्विल लक’ गरेकाे हाे ।

महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा ह्विल लक लगाएको महानगरीय ट्राफिक महाशाखा प्रमुख भिम ढकालले न्युज २४ लाई बताए ।

ढकालले भने,” उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा गरेका छाै नियम अनुसार जथाभावी अवेवस्थित पार्किङ गरेकाे कसुरमा १ हजार रूपया जरिवाना गरिएकाे छ ।”

‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं,’ ढकालले भने।