गायीका राउतलाई काठमाडौं प्रहरी परिसरले लियाे नियन्त्रणमा

काठमाडौं । गायिका आस्था राउतलाई महानगरीय प्रहरी परिसर काठमाडौंले नियन्त्रणमा लिएको छ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध जिल्ला प्रशासन कार्यालयले पक्राउ अनुमति जारी भएपछि अाज पक्राउ परेकी हुन् ।

उनी परिवारसँग प्रहरीको सम्पर्कमा आएकै बेला पक्राउ गरिएको काठमाडौ प्रहरी प्रमुख उतम राज सुवेदीले बताए ।

एसएसपी सुवेदीले उनीबिरुद्द अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चल्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेर प्रहरीलाई गाली गरेकी थिइन ।