गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न आदेश

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गायिका आस्था राउतलाई ४ दिन हिरासतमा राख्न अादेश दिएको छ ।

सोमबार बिहान प्रहरीमा आत्मसमर्पण गरेकी उनलाई काठमाडौँ प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको हाे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रजिअ कृष्णबहादुर कुटुवाले गायिका राउतलाई ४ दिनकाे म्याद थप गरेकाे पुष्टि गरे ।

त्रिभुवन विमानस्थलमा कार्यरत महिला प्रहरीमाथि दुर्व्यवहार गरेको आरोप लागेकाे छ ।

आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठले उनीविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरेकी थिइन् ।

राउतमाथि अभद्र व्यवहारको मुद्दा दर्ता गरेको प्रहरीलाई सोहीअनुसार आस्थालाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमती दिएको थियो ।