नागढुङ्गावाट लाखौं मूल्य वरावरकाे माेवाईल सहित तिब्बतियन नागरिक पक्राउ

२१ माघ काठमाडौं महानगरीय वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नाँगढुंगाबाट खटिएको प्रहरी टोलीले १८९ थान मोबाईल सहित तिव्वेतियन मुलको मानिस पक्राउ गरेकाे छ ।

प्रहरी निरीक्षक हेमन्त थापाकाे नेतृत्वमा नाँगढुंगा र थानकोट बाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ चन्द्रागिरी न.पा.वडा न.२ नागढुंगा चेक प्वाइन्टमा १८९ थान मोबाईल सहित तिव्वेतियन मुलको मानिस पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख घनश्याम श्रेष्ठले
काँकडभित्ताबाट काठमाण्डौतर्फ आउदै गरेको प्रदेश ३-०१ ००६-ख ०२४७ नं को काँकडभित्ता- काठमाण्डौ चल्ने सार्वजनिक बसमा चेक जाँचबुझकाे क्रममा बसको डिकिमा लुकाई ल्याएको अवस्थामा बिल भर्पाई भन्सार कागजात विना फेला परेकोले उक्त मोवाईलहरू बरामद गरीएकाे बताए ।

थानकाेटका डिएसपी श्रेष्ठका अनुसार निलो रङको २ वटा सुटकेशमा उक्त बसको डिकिमा लुकाई ल्याएको अवस्थामा
“रेड्मी सेभेन ए” ब्राण्डको १८९ वटा मोबाईल बरामद गरेको पुष्टि गरे ।

उनले भने,”बिल भर्पाई भन्सार कागजात विना फेला परेकोले छ,मोवाईल बरामद पश्चात प्रारम्भिक अनुसन्धानको क्रममा उक्त सुटकेशहरू जिम्मा लिनको लागि सम्वन्धित धनि गंगवु बसपार्कमा आउने भन्ने बुझिएकोले महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट प्रहरी निरीक्षक हेमन्त विक्रम थापा नेतृत्वको टोलिले मोवाईल सहितको सुटकेश लिन आएका तिव्वतियन मुलका वर्ष ४० का (Syngyal Gya) स्यान्जियल ग्याय लाई काठमाण्डौ महानगरपालिका वडा नं २६ गंगबु पक्राउ गरीएको छ ।”

प्रहरीका अनुसार Syngyal Gya) स्यान्जियल ग्याय पश्चिम बंगालको कालिंङपोङमा बस्दै आएका प्रारम्भिक अनुसन्धानको क्रममा बुझिएको थानकोट प्रहरीले जनाएको छ ।
उक्त मोवाईलहरूको अनुमानित बजार मुल्य रू २१,७३,५००। (२१ लाख ७३ हजार ५०० रूपैया ) रहेको छ ।

सो सम्बन्धमा थप अनुसन्धान तथा कार्वाहीको लागि सम्बन्धित निकायमा बुझाउने तयारी भैरहेको थानकोट प्रहरीले बताएकाे छ ।
थानकोट प्रहरीले भन्सार छिलीगरि ल्याएका कराेडाै मूल्य वरावरकाे माेवाईल बरामद गरि राजस्वमा यश अघि बुझाईसकेकाे छ ।