२७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक कफि सपमा आगलागी भएको छ । अन्तर्राष्ट्रिय टर्मिनलमा रहकाे कफी सपमा आगलागी भएको हो ।
काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख उत्तमराज सुवेदीले आगलागी भएको पुष्टि गरे ।
‘अहिले विमान स्थलकाे दमकलले आगाे नियन्त्रणमा लिईसकेकाे छ उनले भने।
प्रारम्भिक अनुसन्धानमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने देखिएको सुवेदीले बताए ।
आगाेलागी वाट के कति क्षेती भयाे भन्ने प्रारम्भिक विवरण आउन बाकी रहकाे काठमाडौं प्रहरीले जनाएकाे छ ।