गृहमन्त्री थापाले बाेलाए सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक हाईयल्ट रहन निर्देशन

फाईल तस्बिर

१२ फागुन काठमाडौं । गृहमन्त्री रामहादुर थापा बादलले सुरक्षा निकायका प्रमुखहरू वाेलाएर हाईयल्ट रहन निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा सुरक्षा प्रमुखहरुको आकस्मिक बैठक बोलाए बैठक डाकेर सुरक्षामा हाईयल्ट रहन निर्देशन दिएका हुन् ।

साेमवार र मंगलबार गृह मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुको बैठक राखेर मन्त्री थापाले सो निर्देशन दिएका हुन् ।

स्राेतका अनुसार अमेरिकी राष्ट्रपति ड्राेनाल्ड ट्रम्पकाे भारत भ्रमणको क्रममा रहेका छन् । ट्रपकाे भ्रमण रहनु र नेपालकाे वाटाे हुँदै कुनै नकारात्मक गतिविधि र सम्वेदनशिल हुनु पर्ने भन्दै उच्च सतर्क रहन निर्देशन दिएकाे बताएकाे छ । अमेरिकी राष्ट्रपति ट्रम्पकाे बिराेधीहरूले गतिविधि गर्न सहयाेग गर्ने भन्दै त्यस तर्फ सजक रहन निर्देशन दिएकाे स्राेत बताउछ ।

बैठकमा गृहसचिव महेश्वर न्यौपाने, प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी र महानगरीय प्रहरी कार्यालयका रानीपाेखरीका प्रमुख विश्वराज पाेखरेल लगायत प्रमुखको उपस्थिति थियो ।

सो अवसरमा गृहमन्त्री थापाले उपत्यकाबाहेक अन्य जिल्लामा समेत घटना हुन सक्ने भन्दै गम्भीर भएर योजनाबद्ध ढंगले सतर्क रहन निर्देशन दिएका हुन् । ‘