अमेरिकी दूतावास अगाडिसम्म नेमकिपाकाे प्रर्दशन

१३ फागुन, काठमाडौं । नेपाल मजदुर किसान पार्टीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) खारेजको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

नेपाल मजदुर किसान पार्टीले सम्झौता खारेज गर्न नेपाल सरकार र अमेरिकी सरकारको ध्यानाकर्षण गराउन भन्दै प्रदर्शन गरेको हो ।

देश बेच्न पाइँदैन, एमसीसी खारेज गर, सैन्य गठबन्धन चाहिँदैन लगायतका नारा लगाएका थिए ।रत्नपार्कबाट सुरु भएको जुलुस अमेरिकी दूतावास अगाडिसम्म पुगेको थियो ।

अमेरिकी राष्ट्रपति डाेनाल्ड टम्प भारत भ्रमण गरिरहदा नेमकिपाले दूतावासका सुरक्षा अधिकारीलाई विरोध पत्र बुझाइएको थियो ।