नेकपा (माले) का महासचिव सीपी मैनाली सवार कार दुर्घटना

१५ फागुन काठमाडौ ।नेकपा (माले) का महासचिव सीपी मैनाली सवार कार
दुर्घटनामा परेकाे छ ।

महोत्तरीको बर्दिबासस्थित रातुको पुलमा उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटनामा परेकाे हो ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुख डीएसपी राजकुमार चापागाई‌का अनुसार मैनालीकाे बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

मैनालीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।