काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ ।
तत्कालीन नेकपा एमाले नेता तथा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा आइतबार प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।
जुत्ता प्रहार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको महानगरी प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उत्तमराज सुवेदीले पुष्टि गरेका छन् ।
जिल्ला जुम्ला सिजा घर भएका रतन तिरूवालाई पक्राउ गरिएको एसएसपी सुवेदीले बताए ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रचण्डलाई लक्षित गरेर जुत्ता प्रहार गरिएको थियो ।
तर जुत्ताले प्रचण्डलाई भने नलागेको प्रहरीले जनाएको छ ।
यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए ।