पत्रकार वीरेन्द्र साह हत्याका मुख्य आरोपी फौजदार पक्राउ

२५ फागुन बारा । १४ वर्ष अगाडि पत्रकार वीरेन्द्र शाहका हत्यामा संलग्न रहेका मुख्य आरोपी कुन्दन फौजदारलाई बारा प्रहरीले पक्राउ गरेको छ।

एभिन्यूज टीमा कार्यरत साहको  २०६४ साल असोज १८ गते पिपरा बजारबाट अपहरण गरी टाँगिया वस्तीको जंगलमा हत्या गरिएको १४ वर्ष पछि कुन्दन फौजदारलाई बारा प्रहरीले पक्राउ गरेको हाे ।

सो हत्या तात्कालिन समयमा शान्ति सम्झौतामा आइसकेको नेकपा(माओवादी)ले गरेको थियो।

शाह हत्या आरोपमा जन्मकैदको सजया सुनाइएका २५ वर्षिय फैजदारलाई शनिबार राति २ बजेतीर नियन्त्रणमा लिइएको बारा जिल्लाका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले बताए।फौजदारलाई आइतबार बिहान २ बजे बारागढी गाउँपालिका–६, गडहलस्थित उनकै निवासबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । प्रहरीका अनुसार नियन्त्रणमा लिने क्रममा प्रहरीले चार राउण्ड हवाई फायरसमेत गर्नु परेको जनाएको छ ।

हत्यामा संलग्न अन्य दुई जना अझै फरार रहेकाे र छटै पक्राउ पर्ने प्रहरीले बताएको छ ।