सवारी साधन सुरक्षा चेकजाँच अनुशिक्षण तालिम सम्पन्न

१ चैत्र काठमाडौं । प्रहरीले सञ्चालन गरेकाे चार दिने सवारी साधन सुरक्षा चेकजाँच अनुशिक्षण तालिम सम्पन्न भएकाे छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत महानगरीय प्रहरी वृत्त थानकोट र सिप्रदी ट्रेडिङ प्रा.लिको संयुक्त आयोजनामा चार दिने उक्त अनुशिक्षण तालिम सम्पन्न भएकाे हाे ।

अनुशिक्षण तालिमकाे समापन कार्यक्रममा बाेल्दै काठमाडौं प्रहरी प्रमुख उत्तम राज सुवेदीले यस्ता तालिमले प्रहरीहले गर्ने चेकिङमा थप परिणाम हासिल गर्न बताए । सिमानाकाहरूमा कार्यरत प्रहरी कर्माचारीहरूलाई यश प्रकारकाे तालिम जरूरी रहेकाे र सुरक्षालाई थप प्रभावकारी बनाउन सहयोग गर्न उनको भनाई छ ।


सिप्रदी ट्रेडिङका उपाध्यक्ष सौरभ राज थपलियाले आगामी दिनमा पनि प्रहरी कर्मचारीहरूलाई यस प्रकारको तालिम संचालन गर्ने प्रतिवद्दता व्यक्त गरे ।

४ दिन सम्म सम्पन्न भएको उक्त तालिममा महानगरीय प्रहरी वृत्त थानकोट, महानगरीय प्रहरी प्रभाग नाँगढुंगा, बलम्बु, मातातिर्थ, मत्स्यगाँउ र नैकाप र महानगरीय ट्राफिक प्रभाग कलंकीमा कार्यरत कुल १०९ जना प्रहरी कर्मचारीहरू लाभान्वित भएका छन् ।