‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’भन्नेमा सत्यता छैन ( ध्यानाकर्षण पत्र सहित)

काठमाडौं, चैत ८  विभिन्न सामाजिक सञ्जालहरुमा “नेपाली सेनाको हेलिकप्टर प्रयोग गरि आकाशबाट कोरोना भाईरस (कोभिड(१९) विरुद्ध किटनासक औषधी छोडिने“ भन्ने समाचार प्रति नेपाली सेनाको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली सेनाको ध्यानाकर्षण पत्र शार्वजनिक गर्दे ‘कोरोनाविरूद्ध सेनाले किटनाशक औषधि छर्किंदै’ भन्ने सामाजिक सञ्जालमा फैलाइएको हल्लामा सत्यता नरहेको प्रष्टाएको हो ।

एक महिलाले सामाजिक सञ्जालमा वोल्दै ‘‘आज विषेश शैन्य हेलिकोप्टरले देश भरि आकासमा किटनाशक औषधि दवाव छर्किंदै’छन रातीको १२ वजेपछि हेलिकोप्ट आयो भने सम्झनुहोस घर वाहिर राखिएको लुगा झिक्नु होस, घर भित्र वस्नुस सरकारले कोभिड १९ को औषधी छर्किदै छ ” भन्ने गलत अफवाह फैलाएको समाजिक सञ्जालमा भाईरल भएको थियो । सो विषयमा नेपाली सेनाले भने झुट्टा अफवाहा फैलाएको प्रति खेद प्रकट गरेको बताएको छ ।सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले सो कुरामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन्।

यसको अलावा नेपाली सेनाले हेलिकप्टर प्रयोग गरि किटनासक औषधी छाड्ने कुनै योजना नभएको जानकारी गराएको पत्रमा भनिएको छ । नेपाली सेनाले हालको संवेदनशिल घडीमा यस प्रकारको भ्रामक, झुटो तथा मनगढन्ते समाचारमा विश्वास नगर्न नेपाली सेना सम्पूर्ण पाठक वर्गहरुमा सचेत समेत गराएको छ ।

नेपाली सेनाले कोरोना भाईरस (कोभिड(१९) विरुद्ध आवश्यक आन्तरिक तयारी गरी संक्रमणबाट सुरक्षित रहँदै रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारलाई पूर्ण रुपमा सहयोग गर्ने र उक्त भाईरसको उच्च जोखिम विरुद्ध बचाउ तथा रोकथामका लागि उपलब्ध सबै उपायहरु अवलम्बन गर्न सधैं प्रतिवद्ध रहेको जनाएको छ ।

हाल विश्वभर फैलिदै गएको कोरोना भाईरस (कोभिड(१९) को उच्च जोखिमलाई मध्यनजर राखि नेपाली सेनाले आन्तरिक रुपमा उक्त भाईरसको रोकथाम तथा संभावित महामारी विरुद्ध न्युनिकरण तथा प्रभावकारी व्यवस्थापनको लागि आवश्यक तयारी शुरु गरेको तथ्य प्रेस विज्ञप्तिमार्फत जानकारी गराई सकेको थियो ।

नेपाली सेनाको ध्यानाकर्षण पत्र