प्रथम चन्द्रागिरी डान्स आईडल अन्तर्गत दश प्रतियोगिहरु छानिए

काठमाडौं ४ बैशाख
दोश्रो चन्द्रागिरी महोत्सवको ०७५/०७६ को अवसरमा चन्द्रागिरी डान्स आईडल अन्तर्गत दश प्रतियोगिहरु मनोनित भएका छन् ।
चन्द्रागिरी नगरपालिकाको मुख्य आयोजना र देवदर्शन मिडिया ग्रुपको आयोजनामा सुरू भएको महोत्सवमा चन्द्रागिरी डान्स आईडलमा वुधवार दश प्रतियोगिहरु मनोनित भएका हुन् ।

चन्द्रागिरीको सवाङ्गिन विकास गरौं कला संस्कृतिको जगेना गर्दै प्रकृति सौन्दर्यताले चन्द्रागिरीको पहिचान गराउ भने मुल नाराका साथ सुरू भएको महोत्सवमा सरिता तामाङ, कुशुम क्षेत्री,उर्मिला तामाङ,अस्मिता तामाङ,प्रिन्सा श्रेष्ठ,प्रकृति बाँनिया,अमिसा अधिकारी,रितिसा बुढाथोकी,कल्पना नगरकोटी,मनिस खड्का अर्को राउण्डमा प्रवेश गरेका हुन ।

उत्त डान्स प्रतियोगितामा पुरूष तथा महिला एकल नृत्य प्रतियोगिता अन्तर्गत तेस्रो चरणमा उनीहरु परेका हुन् ।
चन्द्रगिरि महोत्सव मुल आयोजक समितिका संयोजक राम नारायण घिमिरेले प्रथम चन्द्रागिरी डान्स आईडल खुल्ला नृत्य प्रतियोगितामा प्रथम हुनेले २५ हजार राशी पुरस्कार,दोश्रो हुनेले १५ हजार,तेस्रो हुनेले १० हजार, चौथो हुनेले ५ हजार पाँचौ हुनेले ३ हजार पुरस्कार पाउने छन् भने उत्कृष्ट भेष भुषा ३ हजार उत्कृष्ट प्रस्तुति ३ हजार र उत्कृष्ट नृत्य निर्देशक ३ हजार पाउने वताए ।

१० प्रतियोगीहरु मध्य वाट टप पाँचमा जानको लागि प्रतिस्पधीहरुले मिति २०७६ बैशाख ६ गते शुक्रवार प्रतिस्र्पधा गर्ने आयोजकले वताएको छ । उत्कृष्ट प्रतियोगीहरुलाई सिप्रदी ट्रेडिङका नसिव मियाँले खादा लगाई सम्मान गरेका थिए ।