चन्द्रागिरिमा हाेल्ड भएका २ सय ८९ यात्रु घर जानपाए

६ वैशाख, काठमाडौं । प्रधानमन्त्रीको निर्देशनपछि थानकोटकाे त्रिभुवन पार्कमा हाेल्ड गरिएका २ सय ८९ जना पैदल यात्रीहरूलाई पठाएको छ ।

हिजाे शुक्रबार थानकाेटमा हाेल्ड गरि रोकिएका सर्वसाधारणलाई बस चढाएर गन्तव्यतर्फ पठाइएको हाे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रीहरूलाई बोलाएर पैदल हिँडेर पनि जान नदिन र कसैले खान नपाए राहतको व्यवस्था गर्न निर्देशन दिएका थिए ।

काठमाडौंका सांसद, चन्द्रागिरि नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा पैदल हिँडेर गाउँ फर्किन खोजेकाहरूलाई शनिबार थानकोटमा रोकिएको थियो ।दुई सय ८९ संख्यामा रहेका उनीहरूलाई बिहान खाना दिइएको थियो ।

साँझपख भने प्रदेश नम्बर ३ -०१००५ ख ९८११५मा दाङ ४० जना ,प्रदेश नम्बर ३ -०१००५ ख ९८२० ४३ जना दाङ,
प्रदेश नम्बर ३ -०१००५ ख ९८१८ सर्लाही ७० जना ,प्रदेश नम्बर ३ -०१००५ ख ९८२२ ६५ जना नेपालगन्ज,बा ३ख ४९४८ बर्दिया ४० जना,बा ४ ख ५८२४ बर्दिया ३१ जना, ना५ ख ५९२० दाङ ४० जना गरि २ सय ८९ यात्र बस चढाएर
राजधानी चन्द्रागिरिबाट पठाईएकाे हाे ।

चन्द्रगिरि यातायातको ५ वटा र अन्य व्यवसायीको दुई वटा बसमा उनीहरूलाई पठाइएको हो । पहिलो लटमा बाँके, बर्दिया, दाङ, बुटवल, सल्यान र सुर्खेत पठाइनेछ ।

राजधानी लगायत उपत्यका नजिकैका जिल्लाहरूवाट पैदल हिडेर जान लागेका यात्रुहरूलाई पठाईएकाे प्रतिनिधि सभा सांसद अन्जना विसंखेले बताईन ।