जनपथ प्रहरी र ट्राफिक प्रहरी विच भत्तामा किन विभेद ??

प्रहरीका जनपथ तर्फका प्रहरी नायव निरिक्षकको तलव भन्दा ट्राफिक प्रहरी जवानको तलव सो भन्दा माथी

रोसन दानी
काठमाडौं । १० बैशाख
उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरमा कार्यरत ट्राफिक प्रहरीलाई प्रोत्साहन भत्ता दिने सरकारको निर्णय प्रति राजधानीका जनपथ तर्फका प्रहरीहरु भने अशन्तुष्टी जनाएका छन् ।

एउटै विभाग एउटै दर्जा र संंगै अहोरात्र ट्राफिक प्रहरी संग सडकमा खटिने जनपथ तर्फका प्रहरीहरु भने सो सुविधा वाट बञ्चित भए पछि अशन्तुष्टी व्यक्त गर्न थालेका हुन ।

ट्राफिक प्रहरीले भने प्रोत्साहन भत्ता अबदेखि आउने भएपछि ट्राफिक प्रहरीमा भने खुसी छाएको छ तर संगै तालिम गरेका एक जना ट्राफिक तर्फका र अर्का जनपथ तर्फका प्रहरीहरुको भने विभेदले काम गर्ने मनोवल खस्केको एक प्रहरी अधिकारीले नाम नवताउँने सर्तमा सिन्युजलाई वताए ।

ट्राफिक प्रहरी जवान र हवल्दारलाई तलबको ४० प्रतिशत, जुनियर अफिसरलाई २० प्रतिशत र सिनियर अफिसरलाई १० प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ ।

प्रहरीमा कार्यरत्त प्रहरी जवानको १७ हजार २ सय ३० र प्रहरी हवल्दारको पारिश्रमिक १८ हजार ३ सय ४० प्रहरी सहायक निरिक्षकको २२ हजार १ सय ४०, प्रहरी नायव निरिक्षकको २३ हजार ५ सय प्रहरी निरिक्षकको ३० हजार ५ सय र प्रहरी नायव उपरीक्षकको ३४ हजार २ सय २० पारिश्रमीक रहेको छ ।

हालको तलव स्केल वापत ट्राफिक प्रहरीको जवानले २० प्रतिशतको दरले ६८९२ गरि २४ हजार १ सय २२ पाउनेछ भने ट्राफिक प्रहरी हवल्दार ७३३६का दरले २५ हजार ६ सय ७६ पाउनेछन । जुनियर अफिसर तर्फ प्र.स.नि ४४२८ थप र प्र.ना.नि ४७०० गरि क्रमस ः२६ हजार ५ सय ६८ र २८ हजार २ सय पाउनेछन भने प्रहरी निरिक्षक ३०५० र प्रहरी नायव उपरीक्षक ३४२२ प्रोत्साहान भत्ता पाउनेछन ।

क्रमश सो अनुरुप ट्राफिक प्रहरी निरिक्षकको ३३ हजार ५ सय ५० हुनेछ भने ट्राफिक प्रहरी नायव उपरीक्षकको ३७ हजार ६ सय ४२ हुनेछ । नेपाल प्रहरीका जनपथ तर्फका प्रहरी नायव निरिक्षकको तलव भन्दा ट्राफिक प्रहरी जवानको तलव सो भन्दा माथी हुनेछ ।

राजधानीमा जनपथ प्रहरीहरु वृत्त, प्रभाग ईलाकाहरुमा वढि खटिने गरेको एक तथ्याङकले देखाउँदै आएको छ । भर्खरै मात्र नेकपाका नेता तथा पुर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले एक अन्र्तवातामा प्रहरीहरुको दर्जा अनुसार सेवा सुविधामा वृद्धि गर्नु पर्नेमा जोड दिएका थिए । उनले देशमा प्रहरीको सुविधामा ध्यान दिएको खण्डमा मात्र देशको आर्थिक,समाजिक र सम्रग रुपमा परिवर्तन हुने कुरामा जोड दिएको भनाई समाजिक सञ्जालमा भाइरल भएको थियो ।