स्याउ बोक्ने गाडीमा सात किलो सुन सहित एक पक्राउ

रसुवा १० वैशाख, 

जिल्ला प्रहरी कार्यालय रसुवाले सात किलो सुन सहित एक जनालाई पक्राउ गरेको छ ।

टिमुरे भन्सार जाँचपासमा रहेको एउटा ट्रकबाट सात किलो सुन सहित एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले मंगलबार स्याउ लोड भएको ट्रकबाट सुन ल्याउदै गरेको भने विशेष सुचनाको आधारमा ७ किलो सुन बरामद गरेको स्रोतले वताएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक सन्तोष तामाङका अनुसार अपराह्न ना ६ ख ९०६८ नम्बरको ट्रकमा सुन भेटिएको पुष्टि गरे ।
सुनसहित ट्रक चालक नवकुण्ड गाउँपालिका(१ यार्सा घर भएका शेर ग्याल्पो घलेलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको तामाङले वताए । उक्त ट्रक जाँच पास गरि काठमाडौं आउँदै गरेको थियो ।