कमल थापा राेल्पाबाट पक्राउ

सविन थापा २ साउन राेल्पा । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला अध्यक्ष पक्राउ परेका छन्।

नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला पाटी अध्यक्ष कमल थापा बिजुली पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय राल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काका अनुसार जिल्ला राेल्पा सुनिल स्मृति गाउँ पालिका वडा नम्बरको ६ वाट थापालाई नियन्त्रणमा लिएको बताए ।

पक्राउ परेका केसीलाई थुनामा राखेर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले बताएको छ।

उनलाई एन्सेल टावरमा क्षति पुर्याएकाे सरकारी कार्यालहरूमा चन्दा असुली गरेकाे कसुरमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।

थापा पुर्व माओवादीका लडाकु हुन भने पछि विप्लव समुहमा सकृय भएर लाग्दै आएका थिए ।