अध्यागमन विभागका एक कर्मचारीमा कोरोना सङ्क्रमण देखियो, अत्यावश्यकबाहेक सेवा बन्द

 

काठमाडा साउन २६ गते  काठमाडौँको कालिकास्थानमा रहेको अध्यागमन विभागका एक कर्मचारीमा कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिएपछि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको विभागका महानिर्देशक रमेशकुमार केसीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

महानिर्देशक केसीले विभागका सबै ५७ जना कर्मचारीको पीसीआर परीक्षण गरिएकोमा एक जना कर्मचारीमा मात्र पोजिटिभ रिपाेर्ट प्राप्त भएकाे बताउनुभयो ।
त्रिभुवन विमानस्थल अध्यागमन विभागको काम भने नियमित चलिरहेको महानिर्देशक केसीले बताउनुभयो ।