समन्वयको अभावमा धादिङ काठमाडौ सिमानामा मालबाहक गाडी रोकिए :मजदुर भन्छन् भोकै मर्ने भयौं(भिडियो सहित)

राेसन दानी / पेशल कुमार खतिवडा  ९ भाद्र काठमाडौ /  काठमाडौ र धादिङको सिमाना झ्याप्लेखोलामा मालबाहक गाडीहरू रोकिए का छन् ।                                                            काठमाडौ उपत्यका मा गत भदौ चार गते देखि निषेधाज्ञा जारी भएपछि अत्यावश्यक खाध सामाग्री बाहेक का सवारीसाधनमा रोक लगाईएको थियाेे ।                              
अचानक निषेधाज्ञा जारी भए पछि बाटोमा अलपत्र परेका गाडीलाई महानगरीय प्रहरी कार्यालय रानीपाेखरीका प्रमुख डिआईजी बिश्वराज पाेखरेलले गाडीले एम्बुलेन्सनै छिर्न नसकने गरि वाटाे बल्क भएपछि र चालक अलपत्र परेपछि एक पटक लाई सबै गाडीहरू भित्रीन दिने र त्यसपछि छिर्न नदिन निर्देशन दिएका थिए ।             http://cnewsnepal.com/archives/6508                               
उक्त निर्णय भए पनि गाडीहरू निरन्तर आईरहेका छन् यसमा प्रशासन संयन्त्र को समन्वय अभाव भएको पाईएको छ । उपत्यका मा प्रवेश निषेध छ भन्ने थाहा हुदाहुदै बिरगंज,सुनौली रसुवागढी नाका लगायत बाट लोड गरि चलानी गरिएका  ५० गाडीहरू तीन दिन देखि नाकामा आएर बसिरहेका छन् ।  यसमा किन गृहप्रशासन ले ध्यान पुर्याउन सकेन प्रश्नचिन्ह खडा भएको छ ?
उपत्यका मा निषेधज्ञा जारी रहेको थाहा पाए पनि भन्सार पास भएर सिल गरि पठाए को गाडीहरू प्रवेश गर्नसकिने भन्सार अधिकारी र व्यावसायी ले बताएपछि आफुहरु लोड गाडी लिएर आएको बिरगंज बाट सामान लिएर आएका चालक संजाय शाहलेे बताए ।                         
त्यसैगरि रसुवा नाकाबाट लत्ताकपडा बोकेर आएका कर्साङ तामाङ ले ब्यसायिले आउँन भनेपछि आफू आएको तर बाटैमा अड्किएको बताए अबफर्किने संभावना पनि नरहेको र उपत्यका प्रवेश गर्न नपाउदा अलपत्र परेको उनकाेे भनाई छ ।           
चालक सहचालकहरु ले आफुहरुसग पैसा नभएको खाने कुराहरु समेत नपाएको ले भोकभोकै बस्नुपर्ने अवस्था आएको उनीहरुको गुनासो छ प्रयाप्त सूचना नहुनु र राज्यकै निकायहरुले समन्वय नगर्दा मजदुरहरु मारमा परेका छन् ।                             
भन्सार कार्यालय देखि कुनै पनि जिल्ला मा नरोकिनु ले एक्कासी यहाँ रोक्दा आफुहरु लाई यातायात मजदुरहरुले गुनासो पोख्ने गरेको प्रहरी को भनाई छ तथापि प्रहरी ले पछिल्लो निर्णयपछि अत्याबश्यक बाहेक सबैसवारीसाधन लाई उपत्यका प्रवेश मा निषेध गरेको छ भने खाधान्न औषधि लगायत अत्यावश्यक सामग्री हरुलाई निर्बाध आउँन दिईरहेको छ । भारती नाका देखि चितवन,धादिङ प्रहरीले समेत चलानी नहेर्दा समस्या देखिएकाे छ सम्बन्धित निकायको ध्यान जावस ।                                              भिडियो