जनस्वास्थ्य प्रयोगशालाकाे हदै सम्म लापरबाही रिपोर्ट नेगेटिभ अर्काे अस्पतालमा स्वाप टेस्ट पछि मेयरलाई फेरि पाेजेटिभ

नागार्जुन नगरपालिकाका मेयरलाई पनि कोरोना संक्रमण

१९ भदौ, काठमाडौं ।तस्बिर :  रञ्जन कार्की  नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाप टेस्ट गर्दा जनस्वास्थ्य प्रयोगशाला टेकुले भदौ १४ गते नेगेटिभको रिपोर्ट आएको जानकारी दिएकाे थियाे ।
यसअघि सोही नगरपालिकाको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीमा पनि संक्रमण पुष्टि भएको थियो तर मेयर बस्नेतलाई नेगेटिभ रिपोर्ट अाएकाे नतिजाको एसएमएस दिईएकाे थियाे ।
बुढाथोकीको निकट सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा नगर प्रमुख बस्नेतलाई पनि कोरोना संक्रमण देखिएको हो ।
सोही दिन साँझ बुढाथोकीको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । त्यसको जानकारी पाएलगत्तै मेयर बस्नेत होम क्वारेन्टाइनमा बस्दै आएका थिए ।
नागार्जुन नगरपालिकालले स्टार हस्पिटलमा पीसीआर परीक्षण गराउँदा नगरप्रमुख बस्नेतलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । नगरपालिकाले एकै दिन नगर
प्रमुख,उपप्रमुख,वडा अध्यक्ष कर्माचारी गरि ९३ जनाकाे स्वाप टेस्टका लागि पठाएको थियाे ।
नगरप्रमुख बस्नेत वडाध्यक्ष बुढाथोकीसँगै मोटरसाइकलमा बसेर एक गार्मेन्टले यही भदौ १६ गते आयोजना गरेको रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।
प्रयोगशाला प्रमुख डा. रुना झाले स्वाब परीक्षण नहुँदै प्राविधिक त्रुटीका कारण एक सय जनाभन्दा बढीलाई नेगेटिभ नतिजाको एसएमएस गएको स्वीकार गरेकी छन् ।
त्यसअघि जनस्वास्थ्य प्रयोगशाला टेकुले भदौ १४ गते नेगेटिभको रिपोर्ट आएको जानकारी बुढाथोकीलाई गराएको थियो । तर पछि प्रयोगशालाले भूलबस नेगेटिभ रिपोर्टको एसएमएस गएको भन्दै क्षमा मागेको थियो । नगरपालिकाले भने एक विज्ञप्ति निकाली ध्यानाकर्षण भएकाे जनाएको छ ।
नागरिकको जनस्वास्थ्य जस्तो संवेदनशील बिषय तथा हालकाे काेभिड १९ काेराेना महामारीको समयमा प्राविधिक त्रुटी मानवीय कमजोरीकाे नाममा जाँचै नगरी १५० जनाकाे रिपोर्ट दिई गम्भीर गल्ती गरेकाे भन्दै ध्यानाकर्षण जनाएको छ ।        नगरपालिकाकाे विज्ञप्ति