काठमाडौ भदौ २१ ,बिहीबार झडप भएपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ आइतबार अपरान्ह तानिएको छ।
सीमित मानिसहरूको उपस्थितिमा आइतबार दिउँसो रथ तानिएको हो रथ तान्ने क्रममा स्थानीय स्वयंसेवक,सुरक्षाकर्मी र संचालरकर्मी बाहेक अरुलाई प्रबेश दिएको थिएन ।
रथ तान्ने ठाउँ दमकल, पुल्चोकलगायत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरले जनाएको छ।
पुल्चोक क्षेत्रमा जानको लागि थापाथली ,लगखेन र रिङरोडबाट भित्र छिर्ने सहायक सडकहरुबाट अत्यावश्यक आवागमन लाई समेत प्रवेश मा रोक लगाईए को थियोे ।
कोभिड – १९ का कारण भेला हुन , भोज मा नाबोलाउन र नजान सर्बसाधारणलाई अपील गरिएको प्रशासन ले जनाएको छ ।
आज रथलाई ललितपुर महानगरपालिका अगाडि सोह्रखुट्टे पार्टीसम्म तानेर लगिएको छ। रथ तान्ने र नतान्ने बिषयमा विवाद हुदा गत बिहीबार झडप भएको थियो अबस्था प्रतिकुल बनेपछि प्रशासन ले कर्फ्यु समेत जारी गर्नु परेको थियो ।
यो वर्ष कोरोनाका कारण विगतमा जस्तो गा:बहाल हुँदै मंगलबजार, सुन्धारा, लगनखेल र जाउलाखेल पुर्याउन सम्भव नदेखिएकोले सांकेतिक रूपमा रथ तान्न लागिएको प्रशासनले जनाएको छ।
तस्बिरहरू : पेशल खतिवडा