कंलकीमा सवारी दुर्घटना हुदा तिनजनाकाे मृत्यु

२७ कात्तिक काठमाडौं ।कंलकी मकालु पेट्राेल पम्पमा कुखुरा बाेक्ने ट्रकले राेकिरहेकाे ट्रकलाई ठक्कर दिदा हुदा ३ जनाकाे मृत्यु भएकाे छ ।
कलंकी स्थित सडकखण्डमा मकालु पेट्रोल पम्प अगाडि पार्किङ गरी राखि रहेको बा ३ ख ७५३० नं को ट्रकलाई बल्खुबाट सितापाईलातर्फ जादै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने ट्रकले ठक्कर दिदा साेहि कुखुरा बाेक्ने गाडीमा सवार तीन जनाकाे मृत्यु भएकाे हाे ।                           
महानगरीय प्रहरी बृत्त कालिमाटीका प्रमुख डिएसपी अपिलराज बाेहाेराले घाईते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना सामान्य घाईते भएको बताए ।
कुखुरा बाेक्ने ट्रकमा सवार ४ जना नजिकै रहेकाे कलंकी स्थित सहिद अस्पतालमा उपचारकाे क्रममा ३ जना ब्यक्तिको मृत्यु भएको डिएसपी बाेहाेराकाे भनाई छ ।                                       
डिएसपी अपिलका अनुसार मृत्यु हुनेमा जि. नुवाकोट सुन्दरदेवी गा.पा. घर भई बस्ने बर्ष २४ को रोशन तामाङ,नुवाकोट तारकेश्वर गा.पा. घर भई बस्ने बर्ष ३७ को माधब घिमिरे,नुवाकोट तारकेश्वर गा.पा.का भुवेन्द्र तामाङ रहेका छन् ।     
घाईते नुवाकोट तारकेश्वर घर भई बस्ने बर्ष २२ को बिजय तामाङकाे उपचार भईरहेकाे प्रहरीले जनाएको छ ।
दुबै सबारी साधनको चालकलाई प्रहरीले नियन्त्रणमा लिईसकेकाे कालिमाटी बृत्तले जानकारी दिएकाे छ ।