नेपाल प्रहरीकाे प्रवक्तामा एसएसपी बसन्त कुँवर

११ मंसिर काठमाडौं । नेपाल प्रहरीकाे केन्द्रीय प्रवक्तामा एसएसपी बसन्त कुँवरलाई जिम्मेवारी ताेकेकाे छ ।
प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयले प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरलाई प्रहरी प्रवक्ताको जिम्मेवारी ताेकेकाे हो।
सचिवालयले बिहीबार उनलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकेको महानिक्षककाे कार्यालयले जनाएको छ ।
उनलाई मोबाइल नम्बर ९८५१२-९२१११ र spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने नेपाल प्रहरीले जनाएको छ।
यसअघि केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुँवेर कडायत थिए। उनको प्रहरी युक्त तालिम महाविद्यालय जर्गाह, नवलपरासीमा सरूवा भएको ‍छ। कुँवर यसअघि उक्त महाविद्यालयमा थिए।