अपडेट – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल रिहा भएका छन् । पौडेललाई जिल्ला प्रहरी कार्यालय तनहुँले  बुधबार साँझ रिहा गरेको हो ।
तनहुँको व्यास नगरपालिका वडा नम्बर १ तालघरेबाट पौडेललाई प्रहरीले पक्राउ गरेको थियो। कोणसभामा बोल्दै बिहीबार बिहान पुल उद्घाटन गरिने जानकारी गराएका थिए।
 जिल्लाको तालघारीबाट दुम्सीचौर जाने रानीगाउँको पुल उद्घाटन गर्ने कार्यक्रम गर्ने र रोक्ने विषयमा विवाद हुँदा प्रहरीले पौडेलसहित काँग्रेसका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।
काँग्रेसका नेता कार्यकर्ताले पुल उद्घाटन गर्न रोक्न आएका प्रहरीको प्रतिकार गरेका थिए । यस क्रममा झडप भएपछि स्थिति तनावग्रस्त भएको थियो ।