काठमाडौं, २६ वैशाख
नेपाल प्रहरीका निवर्तमान केन्द्रीय प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तम राज सुवेदीले आफ्नो कार्यकालमा सहयोग पुर्यारउने एवं सद्भाबव राख्ने सम्पूर्ण संचारकर्मीहरुप्रति आभार प्रकट गरेका छन् ।
केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी सफलतापूर्वक पुरा गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मेवारी सम्हाल्न जानुअघि प्रहरी वरिष्ठ उपरीक्षक सुवेदीले संचारकर्मीहरुको अत्यन्त महत्वपूर्ण सहयोग र उचित समन्वयको उच्च कदर गर्दै हार्दिक आभार व्यक्त गरेका हुन ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा संचार माध्यममा सम्प्रेषणको साथै नेपाल प्रहरी र सञ्चारकर्मीहरुबीच आवश्यक समन्वयका लागि तोकिएको उक्त गहन जिम्मेवारीलाई आफूले पूर्ण कटिबद्ध रही बहन गरेको स्मरण गर्दै उनले यस क्रममा भएका काम कारवाहीको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गरे ।
आगामी कार्य क्षेत्रमा समेत सञ्चार जगतबाट सकारात्मक एवम् रचनात्मक सहयोग, समन्वय र सद्भावको साथै गहन सल्लाह एवं सुझावको अपेक्षा उनले गरे ।