• ट्रेण्डिङ :

चन्द्रागिरि नेपाली कांग्रेस नगरसभापतिमा उम्मेदवारी दर्ता उत्साहजनक: प्रकाश श्रेष्ठ र कृष्ण प्रसाद खड्गीबीच कडा प्रतिस्पर्धा हुने संकेत

चन्द्रागिरि नेपाली कांग्रेस नगरसभापतिमा उम्मेदवारी दर्ता उत्साहजनक: प्रकाश श्रेष्ठ र कृष्ण प्रसाद खड्गीबीच कडा प्रतिस्पर्धा हुने संकेत

cnewsnepal

बुधबार, असोज ७ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


७ असाेज, काठमाडौं ।​नेपाली कांग्रेस चन्द्रागिरि नगरपालिकाको नगरसभापति पदका लागि उम्मेदवारी दर्ता सम्पन्न भएको छ। सार्वजनिक अन्तिम नामावली अनुसार नगरसभापति पदका लागि विभिन्न आकांक्षीहरूले आफ्नो दाबी पेस गरेका छन्।

​प्राप्त विवरण अनुसार नगरसभापति पदका लागि राजेन्द्र महर्जन, रामेश्वर श्रेष्ठ, इन्जिनियर रमेश सुवेदी, कृष्ण प्रसाद शाही खड्गी, प्रकाश श्रेष्ठ, राजेन्द्र विक्रम बानियाँ र अधिवक्ता पुरुषोत्तम उदासले मनोनयन दर्ता गराउनुभएको छ।

​चुनावी माहोल तातिँदै गर्दा सभापति पदका उम्मेदवार प्रकाश श्रेष्ठ बलियो प्रतिस्पर्धीका रूपमा अगाडि देखिएका छन्। विशेष गरी दुई कार्यकाल वडा अध्यक्ष तथा प्रवक्ताको जिम्मेवारी सम्हालिसक्नुभएका कृष्ण प्रसाद शाही (खड्गी) र प्रकाश श्रेष्ठबीच मुख्य तथा कडा प्रतिस्पर्धा हुने आंकलन गरिएको छ।

​यसैक्रममा श्रेष्ठले आफ्नो उम्मेदवारी संगठनको सुदृढीकरण र समावेशी नेतृत्वका लागि भएको बताएका छन्। चुनावी समीकरणमा नयाँ मोड आउने संकेत गर्दै केही अन्य उम्मेदवारहरूले भोलिसम्ममा आफ्नो उम्मेदवारी फिर्ता लिने र प्रकाश श्रेष्ठलाई समर्थन (सपोर्ट) गर्ने अनुमान गरिएको छ।

​अन्य उम्मेदवारहरूको सम्भावित समर्थन र श्रेष्ठको पक्षमा बन्दै गएको माहोलले चन्द्रागिरि कांग्रेसको चुनावी नतिजालाई अझ रोचक बनाउने देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार