• ट्रेण्डिङ :

नेपाली कांग्रेस चन्द्रागिरि नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित

नेपाली कांग्रेस चन्द्रागिरि नगर सभापतिमा प्रकाश श्रेष्ठ निर्वाचित

cnewsnepal

शुक्रबार, असोज ९ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चन्द्रागिरि नगर कार्यसमितिको सभापति पदमा प्रकाश श्रेष्ठ निर्वाचित हुनुभएको छ।

​अत्यन्तै रोचक र कडा प्रतिस्पर्धाका बीच भएको निर्वाचनमा श्रेष्ठले १५२ मत प्राप्त गर्दै आफ्ना चार प्रतिस्पर्धीलाई पछि पार्नुभएको हो। उहाँका मुख्य प्रतिस्पर्धी कृष्णप्रसाद शाही खड्गीले ९२ मत प्राप्त गर्नुभयो। यस्तै, अन्य प्रतिस्पर्धीहरू राजेन्द्र महर्जनले २८, रमेश सुवेदीले १४ र रामेश्वर श्रेष्ठले ७ मत प्राप्त गर्नुभएको छ।

​नवनिर्वाचित सभापति श्रेष्ठ चन्द्रागिरि नगरपालिका वडा नं. १२ का पूर्ववडाध्यक्ष हुनुहुन्छ। सञ्चार क्षेत्रमा समेत लामो अनुभव बटुल्नुभएका श्रेष्ठको नेतृत्वमा अब चन्द्रागिरि नगर कांग्रेसको संगठनात्मक गतिविधि अगाडि बढ्नेछ।

​नगर कार्यसमितिको अन्य पदहरूतर्फ:

  • ​महिला उपसभापति: शान्ता बस्नेत १२२ मत ल्याएर निर्वाचित हुनुभएको छ। उहाँका प्रतिस्पर्धीहरू सुनिता रोक्काले ९८ र उमा कुमारी थापाले ६० मत प्राप्त गर्नुभयो।
  • ​खुला उपसभापति: पुरुषोत्तम उदास १६३ मतसहित निर्वाचित हुनुभयो भने विमला पोखरेलले १०९ मत प्राप्त गर्नुभयो।
  • ​सचिव: दिनेश महर्जन २२१ मतका साथ भारी अन्तरले विजयी हुनुभएको छ। उहाँका प्रतिस्पर्धी जीवनकुमार गिरीले ६५ मत प्राप्त गर्नुभयो।

​नगर नेतृत्व चयन प्रक्रिया सम्पन्न भएसँगै अब नयाँ कार्यसमितिले स्थानीय तहमा पार्टी सुदृढीकरण र संगठनात्मक विस्तारको कामलाई तीव्रता दिनेछ। नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार