• ट्रेण्डिङ :

चलचित्र निर्देशक अमृतमान महर्जन नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

चलचित्र निर्देशक अमृतमान महर्जन नेपाली काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित

cnewsnepal

शनिबार, असोज २४ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौँ, असोज २४ — नेपाली काँग्रेसको १५औँ महाअधिवेशनअन्तर्गत काठमाडौँ क्षेत्र नम्बर ९ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा लोकप्रिय चलचित्र निर्देशक तथा समाजसेवी अमृतमान महर्जन निर्विरोध निर्वाचित हुनुभएको छ।

​पार्टीभित्र लामो समयदेखि सक्रिय रहँदै आउनु भएका महर्जन सर्वसम्मत रूपमा यस महत्वपूर्ण जिम्मेवारीमा चयन हुनुभएको हो। कला क्षेत्रको विकासका साथै सामाजिक रूपान्तरण र राजनीतिक संगठन विस्तारमा निरन्तर क्रियाशील महर्जनको यो चयनले क्षेत्रका कार्यकर्ताहरूमा नयाँ ऊर्जा थपेको छ।

​​“नेपाली काँग्रेसको १५औँ महाअधिवेशन अन्तर्गत काठमाडौँ क्षेत्र नं ९ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिजस्तो गरिमामय पदमा मलाई निर्विरोध निर्वाचित गराउनुहुने पार्टीका सम्पूर्ण अग्रज नेताज्यूहरू, आदरणीय दाजुभाइ, दिदीबहिनी तथा सम्पूर्ण मतदाता साथीहरूप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्दछु।”

​“कला क्षेत्र र राजनीतिक यात्रालाई सँगसँगै अगाडि बढाइरहँदा पार्टी संगठनलाई अझ सुदृढ, गतिशीलतायुक्त र जनतासँग जोडिएको बनाउन मेरो सधैँ जोड रहनेछ। मप्रति पार्टीका साथीहरूले जो विश्वास र भरोसा देखाउनुभएको छ, त्यसलाई म सधैँ उच्च सम्मान गर्दै पार्टीको नीति, सिद्धान्त र जनभावनाअनुरूप निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता जनाउँछु।”

​निर्वाचनमा निर्विरोध निर्वाचित भएपछि उहाँलाई शुभचिन्तक, कलाकर्मी तथा पार्टीका विभिन्न तहका नेता–कार्यकर्ताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।

​

प्रतिक्रिया
सम्बन्धित समाचार