उत्तम कार्की । राजकमलको निरन्तर पहल र अभियानबाट कीर्तिपुरमा निःशुल्क हेमोडायलाइसिस सेवा तथा निःशुल्क प्रयोगशाला परीक्षण सेवा सुरु भएसँगै अब डायलाइसिस गराइरहेका बिरामीहरूको अस्पतालसम्मको आवतजावत सहज बनाउन बिरामी स्थानान्तरण सवारी सञ्चालन गर्ने विषयमा छलफल प्रक्रिया अगाडि बढिरहेको छ।
डायलाइसिस बिरामी र उहाँहरूका परिवारले उपचारसँगै यातायातको समस्या पनि भोग्दै आउनुभएको छ। यस्तो अवस्थामा बिरामी स्थानान्तरण सवारी सञ्चालनमा आउन सके बिरामीहरूलाई ठूलो राहत मिल्नेछ।
उपचार मात्र होइन, बिरामीलाई अस्पतालसम्म पुग्न र घर फर्कनसमेत सहज बनाउने यो अभियान साँच्चिकै सराहनीय छ।
निःशुल्क उपचारदेखि सहज यातायातसम्म, घर–घरमा स्वास्थ्य सेवा पुर्याउने अभियानले सार्थकता पाउँदै जाओस्।
राजकमलको यस सामाजिक अभियानमा निरन्तर साथ र समर्थन रहनेछ।