• ट्रेण्डिङ :

नेपाली कांग्रेस चन्द्रागिरी नगर समिति: सचिव पदमा जीवन कुमार गिरीको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस चन्द्रागिरी नगर समिति: सचिव पदमा जीवन कुमार गिरीको उम्मेदवारी दर्ता

cnewsnepal

बिहिबार, असोज ८ २०८३
पढ्न लाग्ने समय: < २ मिनेट


काठमाडौं । नेपाली कांग्रेस चन्द्रागिरी नगर कार्यसमितिको आगामी नेतृत्वका लागि वर्तमान  सचिव जीवन कुमार गिरीले सचिव पदमा आफ्नो औपचारिक उम्मेदवारी दर्ता गराउनुभएको छ।

​विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका गिरीले साविक दहचोक गा.वि.स. वडा नं. २ नेपाल विद्यार्थी संघ (नेविसंघ) को उपाध्यक्ष हुँदै जिल्ला सदस्य, दहचोक नेविसंघको सचिव, अध्यक्ष तथा नेविसंघ क्षेत्रीय सचिवको जिम्मेवारी सफलतापूर्वक सम्हालिसक्नुभएको छ।

​संगठन निर्माण र स्थानीय निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका गिरीले स्थानीय निर्वाचन २०५४ मा प्रचार-प्रसार संयोजकको रूपमा भूमिका निभाउनुभएको थियो। त्यसै गरी, नेपाली कांग्रेस वडा नं. १ कार्यसमितिको सभापति तथा स्थानीय निर्वाचन २०७४ मा चन्द्रागिरी वडा नं. १ को वडा अध्यक्षको प्रत्यासी उम्मेदवारका रूपमा उहाँ जनता र कार्यकर्तामाझ प्रिय हुनुहुन्छ।

​नेपाली कांग्रेस चन्द्रागिरी नगर कार्यसमितिमा सह-सचिवको रूपमा कुशलतापूर्वक जिम्मेवारी निभाउनुभएका गिरीले नगर संगठनलाई अझ सुदृढ, गतिशील र व्यवस्थित बनाउन अबको यात्रा सचिव पदतर्फ तय गरेको बताउनुभएको छ।

​उम्मेदवारी दर्ता पश्चात् प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो:

​“नेपाली कांग्रेस चन्द्रागिरी नगर भित्र विभिन्न तहमा रहनुभएका नेतृत्व वर्ग, वडा सभापतिहरू, पदाधिकारी, सदस्यहरू, क्षेत्रीय प्रतिनिधिहरू, क्रियाशील सदस्यहरू तथा सम्पूर्ण शुभचिन्तकहरूमा मलाई सचिव पदमा विजयी गराउनुहुन हार्दिक सहयोगका लागि अनुरोध गर्दछु।”

​लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा रहेर निष्ठापूर्वक काम गरेको अनुभव, सह-सचिवका रूपमा हासिल गरेको कार्यकुशलता र संगठनप्रतिको समर्पण नै आफ्नो जितको मुख्य आधार रहेको गिरीको दाबी छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार