मंसिर ११, बुटवल । २०८२ साल मंसिर १७ गतेबाट सञ्चालित प्रहरी जवान आधारभूत तालिम ८-११४ समूहको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।
लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खत्रीले दीक्षित प्रशिक्षार्थीहरूलाई कार्यक्षेत्रमा इमानदारिता र व्यावसायिकताका साथ खटिन निर्देशन दिनुभयो । सोही अवसरमा उहाँले तालिमका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरू तथा प्रशिक्षण कार्यमा महत्त्वपूर्ण योगदान पुऱ्याउने प्रशिक्षकहरूलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले तालिममा प्राप्त ज्ञान सिपलाई व्यवसायीक तवरले देश र जनता प्रति समर्पित भएर लाग्नु पर्ने बताउनु भयाे । एसएसपी ज्ञवालीले प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
तस्बिरहरू :

चन्द्रागिरि–७ त्रिवेणी घाटमा कार्तिक पूर्णिमाको दिन विशेष ‘त्रिवेणी मेला स्नान’ हुने, स्थानीय बिदा घोषणा
भोटेकोशी बाढी-पहिरो: राहत सामग्री ढुवानीमा मनोमानी भाडा असुली, गैरजिम्मेवार व्यवसायीलाई कारबाही गर्ने महासंघको चेतावनी
नागढुङ्गा सुरुङमार्ग उद्घाटनः राष्ट्रिय अध्यक्ष बानियाँलाई नै बेवास्ता, महासङ्घद्वारा असन्तुष्टि व्यक्त