• ट्रेण्डिङ :

प्रहरी जवान आधारभूत तालिम ८-११४ समूहको दीक्षान्त समारोह सम्पन्न

प्रहरी जवान आधारभूत तालिम ८-११४ समूहको दीक्षान्त समारोह सम्पन्न

cnewsnepal

शुक्रबार, मंसिर १२ २०८३
पढ्न लाग्ने समय: < १ मिनेट


मंसिर ११, बुटवल । २०८२ साल मंसिर १७ गतेबाट सञ्चालित प्रहरी जवान आधारभूत तालिम ८-११४ समूहको दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ ।

​लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीको प्रमुख आतिथ्यतामा समारोह सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि खत्रीले दीक्षित प्रशिक्षार्थीहरूलाई कार्यक्षेत्रमा इमानदारिता र व्यावसायिकताका साथ खटिन निर्देशन दिनुभयो । सोही अवसरमा उहाँले तालिमका विभिन्न विधामा उत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरू तथा प्रशिक्षण कार्यमा महत्त्वपूर्ण योगदान पुऱ्याउने प्रशिक्षकहरूलाई पुरस्कार एवं प्रशंसापत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले तालिममा प्राप्त ज्ञान सिपलाई व्यवसायीक तवरले देश र जनता प्रति समर्पित भएर लाग्नु पर्ने बताउनु भयाे । एसएसपी ज्ञवालीले प्रमुख अतिथि लगायत उपस्थित सम्पूर्ण अतिथिहरूप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

तस्बिरहरू :

प्रतिक्रिया
सम्बन्धित समाचार