२४ साउन,काठमाडौँ । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीको अध्यक्षमा विकल्प थापा सर्वसम्मत चयन भएका छन्।
महानगर कमिटीका निवर्तमान अध्यक्ष दीपेश सुदाकारको सफल कार्यकाल सम्पन्न भएसँगै थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरिएको हो।
गठित नयाँ कमिटीको उपाध्यक्षमा सन्देश महर्जन र सचिवमा बिनिता शाही चयन भएका छन्।
नवनिर्वाचित अध्यक्ष थापा राजनीतिक पृष्ठभूमि बोकेको परिवारका हुन्। उनका पिता वि.सं. २०५१ सालको स्थानीय निकाय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं. १४ बाट नेकपा एमालेको तर्फबाट जनप्रिय वडा अध्यक्षका रूपमा निर्वाचित भएका थिए।
अध्यक्ष पदमा चयन भएपछि बोल्दै थापाले राष्ट्रिय राजनीतिमा युवा नेतृत्वको भूमिका अपरिहार्य रहेको बताए। देशको सामाजिक तथा आर्थिक रूपान्तरणका लागि युवा वर्गले सशक्त र नेतृत्वदायी भूमिका खेल्नुपर्नेमा उनले जोड दिएका छन्। अध्यक्ष थापा विभिन्न आन्दोलनमा प्रहरीबाट घाईते समेत भएका थिए ।