• ट्रेण्डिङ :

मुलुकभर ११९४४ जनाको परीक्षण गर्दा १२७१ जनामा कोरोना पुष्टि, १४ को मृत्यु

cnewsnepal

बिहिबार, भाद्र २४ २०७८
पढ्न लाग्ने समय: < ३ मिनेट

काठमाडौं । मुलुकभर पछिल्लो २४ घण्टामा १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ९४४ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ८ हजार ८९८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ५८ जना र ३ हजार ४६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख ६० हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८४५ जना कोरोनामुक्त भए, १४ को मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८४५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ३५ हजार ६ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ९४४ जनाको परीक्षण हुँदा हालसम्म कुल ४५ लाख ०२ हजार २६८ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ९०३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार