काठमाडौं, ३१ भदौ । नेपालमा पछिल्लो पछिल्लो २४ घण्टामा १५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार बिहीबार १५ हजार १७९ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
पिसिआर विधिबाट ११ हजार २ सय ८ जना र एन्टिजेनबाट ३९७१ जनाको परीक्षण भएको छ।
त्यस्तै, १६८९ संक्रमित निको भएका छन्।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ।
अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार २ जनाको मृत्यु भएको छ।
यस्तै, काठमाडौं उपत्यकामा थप ४३० कोरोना संक्रमित थपिएका छन्।
काठमाडौंका २९३, ललितपुरका ९८ र भक्तपुरमा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित समाचार