• ट्रेण्डिङ :

आज थप ११५७ कोरोना संक्रमण पुष्टि : १११३ जना संक्रमणमुक्त, ८ को मृत्यु, उपत्यकामा ३३५ संक्रमित

आज थप ११५७ कोरोना संक्रमण पुष्टि : १११३ जना संक्रमणमुक्त, ८ को मृत्यु, उपत्यकामा ३३५ संक्रमित

cnewsnepal

बुधबार, असोज १३ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, १३ असोज । नेपालमा पछिल्लो २४ घण्टामा११५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

योसंगै कुल संक्रमितको संख्या ७ लाख ९४ हजार १ सय ६३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६५२ पीसीआर परीक्षणमा ८९२ जना र ३,८८९ एन्टिजेन परीक्षणमा २६५ जना गरी ११५७ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज १ हजार १ सय १३ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म ७ लाख ६४ हजार ८ सय ४७ जना संक्रमणमुक्त भएका छन्

पछिल्लो २४ घण्टामा कोरोना संक्रमण थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै, काठमाडौं उपत्यकामा ३३५ जना संक्रमित भेटिएका छन् ।

जसमध्ये भक्तपुरमा २८, ललितपुरमा ४२ र काठमाडौं जिल्लामा २६५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार