• ट्रेण्डिङ :

आज थप ७६४ कोरोना संक्रमण पुष्टि : १०३३ जना संक्रमणमुक्त, १० को मृत्‍यु

आज थप ७६४ कोरोना संक्रमण पुष्टि : १०३३ जना संक्रमणमुक्त, १० को मृत्‍यु

cnewsnepal

शुक्रबार, असोज २२ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २२ असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ३३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ७४ हजार १७३ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार २१० पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार