• ट्रेण्डिङ :

चीनले ताइवानमाथि आक्रमण गरे हामी रक्षा गर्न तयार छौं : अमेरिकी राष्ट्रपति बाइडेन

चीनले ताइवानमाथि आक्रमण गरे हामी रक्षा गर्न तयार छौं : अमेरिकी राष्ट्रपति बाइडेन

cnewsnepal

शुक्रबार, कार्तिक ५ २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका ताइवानको रक्षा गर्न तयार रहेको बताएका छन्।

पत्रकारले ताइवानमाथि चीनले आक्रमण गरेमा अमेरिकाले के गर्छ भन्ने प्रश्नको जवाफ राष्ट्रपति बाइडेनले यस्तो दिएका हुन्। हामी यसमा प्रतिबद्ध छौं उनले।’ तर ह्वाइट हाउसका एक प्रवक्ताले पछि अमेरिकी मिडियालाई भने कि टिप्पणीलाई नीतिमा परिवर्तनको रूपमा लिनु हुँदैन।

अर्कोतर्फ, ताइवानले भने, ‘बाइडेनको बयानले चीनको सम्बन्धमा आफ्नो नीतिमा कुनै परिवर्तन आउदैन । त्यहाँ अमेरिकामा एक कानून छ जस अन्तर्गत यो ताइवानको सुरक्षामा मद्दत गर्न भनिएको छ। तर अमेरिकाले चीनले ताइवानलाई आक्रमण गरे के गर्ने भन्ने बारे कुनै स्पष्टता छैन। अमेरिकाको अडानलाई ‘रणनीतिक पेच’भनिन्छ।

बाइडनले भने, ‘चीन, रूस र विश्वलाइ नै थाहा छ कि हाम्रो सेना संसारको इतिहासमा सबैभन्दा शक्तिशाली छ।’ यसअघि अगस्टमा बाइडेनले एबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ताइवानको बारेमा यस्तै बयान दिएका थिए। त्यसबेला पनि ह्वाइट हाउसले अमेरिकाको ताइवानको नीतिमा कुनै परिवर्तन नभएको स्पष्ट पारेको थियो ।

ताइवानको राष्ट्रपति कार्यालयले आफूहरु कसैको दबाबमा नझुक्ने र कुनै समर्थन पाउँदा हतारमा कदम नचाल्ने जनाएको छ। ताइवानका राष्ट्रपतिका प्रवक्ता जेभियर चेंगले ताइवान दृढतापूर्वक आफ्नो रक्षा गर्ने बताएका छन्।

चेंगले अमेरिकाको बाइडेन् प्रशासनले लगातार ताइवानलाई ठोस समर्थन दिएको स्वीकारेका छन्। बाइडेनको बयानमा चीनले भने अझै प्रतिक्रिया जनाइसकेको छैन।

ताइवान र चीन बीचको तनाव पछिल्लो हप्ताहरुमा बढेको छ। दर्जनौं चिनियाँ लडाकु विमानले ताइवानको हवाई क्षेत्रमा अतिक्रमण गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार