• ट्रेण्डिङ :

आज थप ३९७ कोरोना संक्रमण : ३८९ जना संक्रमणमुक्त, ३ को मृत्यु

आज थप ३९७ कोरोना संक्रमण : ३८९ जना संक्रमणमुक्त, ३ को मृत्यु

cnewsnepal

शुक्रबार, कार्तिक २६ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


काठमाडौं, २६ कात्तिक । नेपालमा पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर ११ हजार ६६ वटा नमुना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १६ हजार ४१५ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३६९ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ७ लाख ९७ हजार ४४८ रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार