• ट्रेण्डिङ :

आज थप ३३२ कोरोना संक्रमण : २३२ जना संक्रमणमुक्त, ४ को मृत्यु, उपत्यकामा १८१ संक्रमित

आज थप ३३२ कोरोना संक्रमण : २३२ जना संक्रमणमुक्त, ४ को मृत्यु, उपत्यकामा १८१ संक्रमित

cnewsnepal

बुधबार, मंसिर ८ २०७८
पढ्न लाग्ने समय: < १ मिनेट


८ मंसिर काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ ।

हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २३२ जना निको भएका छन् ।

योसँगै ८ लाख १ हजार १२२ जना संक्रमणमुक्त भएका छन् ।

जसमध्ये काठमाडौंमा १४४ ललितपुरमा २६ र भक्तपुरमा ११ गरी जम्‍मा १८१ जना काठमाडौं उपत्यकामा कोरोना संक्रमित देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार