काठमाडौँ । सानिमा बैंक लिमिटेडले काठमाडौंको चन्द्रागिरि १२ हरियाली मार्ग बलम्बुमा बैंकको नयाँ शाखा सञ्चालमा ल्याएको छ ।
बैंकको ११८ अाैं शाखाको रूपमा चन्द्रागिरि १२ बलम्वु हरियाली मार्गमा संस्थाकाे शाखा एक कार्यक्रमका विच सुभारम्भ गरिएकाे हाे ।
शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र बैंकका ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले संयुक्त रुपमा गरेका छन् ।
समुद्घाटन् समारोहमा महजोडीले काठमाडौँको बलम्बुमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई दिँदै सबल अनि विश्वसनीय बैकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे । त्यस्तै सानिमा बैंकका अध्यक्ष पौडेलले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । अध्यक्ष पाैडेलले शाखामा आम नागरिकहरूलाई सहजिकर गर्दै सर्वसुलभ सेवा दिन शाखाका कर्मचारीहरूलाई निर्देशन समेत प्रदान गरेका थिए । उनलेे भने,कुनै समस्या गुनासोहरूलाई हल गर्नु बैंकको मुख्य दायित्व हाे सेवा प्रवाहमा कुनै कसर राख्ने छैनाै ।”
सानिमा बैँकको देशका सातै प्रदेशमा ११८ कार्यालय र ९७ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
चन्द्रागिरिमा सञ्चालित बैंकले,बचत कर्जा,रेमिटान्स लगायत सम्पुर्ण बैंकिङ सुविधा साथै कृषि साना ब्यबसायहरू लाई प्राथमिकता दिने छ ।