• ट्रेण्डिङ :

पेट्रोलियम चालककाे अवरोध हटे पछि सामान्य बन्दै पेट्रोलियम पदार्थको माग

पेट्रोलियम चालककाे अवरोध हटे पछि सामान्य बन्दै पेट्रोलियम पदार्थको माग

cnewsnepal

आइतबार, चैत्र २० २०७८
पढ्न लाग्ने समय: < २ मिनेट


नेपाल आयल निगमले उपत्यकाको पेट्रोलियम पदार्थको माग सामान्य बन्दै गएको जनाएको छ ।

शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानीमा हुँदै आएको अवरोध र पेट्रोलियम चालक संघको अवरोध स्थगित गर्ने सहमति बनेपछि पेट्रोलियम पदार्थको बिक्री र माग सामान्य बन्दै गएको निगमले जनाएको हो ।

व्यवसायीहरूले कमिसन बढाउनुपर्ने भन्दै शुक्रबारदेखि देशव्यापीरूपमा पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका थिए । पेट्रोलियम पदार्थ ढुवानी एसोसिएशन, एलपी ग्यास उद्योग संघ र पम्प व्यवसायीहरूले संयुक्त आन्दोलन गर्दै पेट्रोलियम पदार्थको ढुवानी रोकेका थिए ।
आईतवार पनि विभिन्न माग राख्दै पेट्राृलियम चालक संघले पेट्रोलियम पदार्थको ढुवानी गर्ने नमाने पछि तनाव सिर्जन भएको थियो ।

थानकोट डिपोमा अवरोध आए पछि नेपाल आयल निगमका निर्देशक,बिरेन्द्र गोहित प्रवक्ता,विनित मणि उपाध्याय, डिपो प्रमुख सैलेन्द्र भुसाल, नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रिय अध्यक्ष शिव प्रसाद पोखरेल, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ सचिव विष्णु कुमार खड्का, नेपाल पेट्रोलियम चालक संघ केन्द्रीय अध्यक्ष ईश्वर लामा,पेट्रोलियम ढुवानी महासंघका महासिचव बिश्वप्रासद आयाल सहितको टोली बार्तामा बसेको थियो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिउँसो १ बजेदेखि चालकहरूसँग सहमति भएपछि ढुवानी नियमित बनेको र उपत्यकाको कूल मागको ५० प्रतिशत पेट्रोलियम पदार्थ बजारमा गइसकेको बताए ।उपत्यकाको दैनिक पेट्रोलियम माग १६ सय किलोलिटर हो । निगमले नौ जिल्लामा आज १२ लाख लिटर डिजेल र १६ लाख लिटर तेल बजारमा जाने थानकोट डिपो प्रमुख सैलेन्द्र भुसालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार