• ट्रेण्डिङ :

नेपाल ट्रक यातायात व्यवसायी महासंघले गरायो प्रहरीलाई ध्यानकर्षण

नेपाल ट्रक यातायात व्यवसायी महासंघले गरायो प्रहरीलाई ध्यानकर्षण

cnewsnepal

सोमबार, साउन १६ २०७९
पढ्न लाग्ने समय: < ३ मिनेट


१६ साउन ,काठमाण्डौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले ओभरलोड समस्या समाधान गर्न प्रहरीलाई ध्यानकर्षण गराएको छ ।

महासंघका महासंघका अध्यक्ष हिरा लाल श्रेष्ठ, महासचिव राजेन्द्र विक्रम बाँनिया वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल,उपाध्यक्ष विष्णु न्यौपाने लुम्विनी प्रदेश संयोजक एम प्रसाद पाण्डे लगायत नेतृत्वको टोलीले प्रहरी प्रधान कार्यालय नक्शाल पुगेर ध्यानाकर्षण पत्र बुुझाएको हो ।

प्रहरी प्रधान कार्यालय स्थित एआईजी सहकुल थापा,डिआईजी बसन्त कुवँर संगको भेट बार्तामा भारबहन नियमन सम्बन्धि कार्यबिधि २०७४ लागु गरेपनि सम्बन्धित सरकारी निकायबाट कार्यान्वयन नहुँदा ओभरलोड समस्या समाधान हुन नसके पछि उनीहरुले प्रहरी अधिकारीहरुलाई ध्यानकर्षण गराउनु परेको । नेपाल ट्रक यातायात व्यवसायी महासंघ महासचिव राजेन्द्र विक्रम बाँनियाले बताए ।
मालवाहक सवारी साधनको ओभरलोड समस्या समाधानकालागि भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयले भारबहन नियमन सम्बन्धि कार्यबिधि २०७४ लागु गरेपनि सम्बन्धित सरकारी निकायबाट कार्यान्वयन नहुँदा ओभरलोड समस्या समाधान हुन नसकेको महासचिव बाँनियाको भनाई छ ।

उनले भने, “महासंघले पटक पटक समस्या समाधानका लागि पहल गरिरहेको र समस्या सोचेअनुुरुप हल होस भन्ने हेतुले हामी सवै सरोकारवाला निकायलाई ध्यानकर्षण गराई राखेको छौ । ’’

नेपाल प्रहरीका डिआईजी बसन्त कुवँर भारबहन समस्या समाधान गर्न यातायात नियमावली अनुसार प्रहरीले सम्बन्धीत निकायलाई पत्रचार गरि समस्या समाधानका लागि एक्सनमा जान निर्देशन जारी गर्ने बताए । डिआईजी कँुवरले यातायात व्यबस्था विभाग र सम्बन्धीत सरोकारवाला निकाय संग छलफल गरि अगाडी वढ्ने विश्वास व्यक्त गरे ।

भौतिक पूर्वाधार तथा यातायात व्यबस्था मन्त्रालयले २०७१ भदौ १ गतेदेखि लागुहुने गरी मालवाहक सवारीको भारवहन नियमन सम्बन्धि कार्यबिधि लागु गरेको थियो ।बाँनियाले भने,‘कार्यबिधि कार्यान्वयन गराउने सरकारी निकाय भन्सार कार्यालय, प्रहरी, यातायात व्यबस्था कार्यालय र जिल्ला प्रशासन कार्यालयले कार्यविधि कार्यान्वयनमा उदासिनता देखाउँदा भारवहन नियन्त्रणकालागि बनेको कार्यबिधि अलपत्र जस्तै बनेको छ ।’

भारबहन नियमन सम्बन्धि कार्यबिधि २०७१ मा ६ चक्के मालवाहक ट्रकले ९.६ टन, १० चक्केले १६.५ टन, १२ चक्केले २१ टन र १४ चक्केले २५ टन भन्दा बढी भार बहन गर्न नपाईने उल्लेख छ । तोकिएको भारबहन क्षमता भन्दा बढी भारबहन गरेमा मालवाहक सवारी साधनले कार्यबिधिले तोकेअनुसारको जरिवाना तिरि ओभरलोडको सामान अनलोड गर्ने र उक्त सामानको आफैले जिम्मा लिनु पर्ने उल्लेख छ ।
कार्य विधिमा व्यवस्था अनु्सार ट्राफिक प्रहरीहरुले साधारण चिट काटेर छाड्ने गरेको पाईएको हो । साधारणतया प्रहरीले नियन्त्रणमा लिएका ओभरलोड सवारी साधनहरुलाई कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउनुु पर्ने व्यवस्था भएको भए तापनि साधारण जरिवान गरिएको प्रति महासंघको ध्यानकर्षण भएको जनाएको छ । महासंघले ओभरलोडका कारण सडक दुर्घटना निम्ताउने,सडकको दुराअबस्था निमत्याउने,ट्र«क ब्यवसायीको रोजगारी गुम्ने,राजस्वमा ह्रास आउने लगायतको समस्या प्रति ध्यानाकर्षण गराएको थियो ।

अत्याधिक ओभरलोड बोकेर आएका भारतीय सवारी साधनका कारण नेपालका सडकको क्षमताले ति लोड धान्न सक्दैनन र सडक क्षतविक्षत हुनुका साथै अधिक लोडका कारण पुल पुलेसाहरु समेत जोखिममा परेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार