• ट्रेण्डिङ :

चन्द्रागिरि २ ले निशुल्क सुगर र प्रेसरका विरामीहरूलाई औषधी वितरण

चन्द्रागिरि २ ले निशुल्क सुगर र प्रेसरका विरामीहरूलाई औषधी वितरण

cnewsnepal

बिहिबार, असोज १३ २०७९
पढ्न लाग्ने समय: < १ मिनेट


१३ असोज,काठमाडौ । चन्द्रागिरि नगरपालिका वडा नम्बर २ ले आफ्नो वडावासीहरूलाई निशुल्क औषधी वितरण कार्यक्रम सञ्चालन गरेको छ ।

वडा कार्यालयले ६० वर्ष माथीका जेष्ठ नागरिकलाई निशुल्क सुगर र प्रेसरका विरामीहरूलाई औषधी वितरण कार्यक्रम सञ्चालन गरेको हो ।

चन्द्रागिरि नागढुङ्गाका स्थानीयहरूको हकमा सो कार्यक्रम अन्तर्गत वाड्भञ्ज्याङ स्वास्थ कार्यालयबाटआबश्यक र नियमितताका आधारमा औषधी वितरण गरिने र केही समय पश्चात् टोल वस्तीमा सडक वत्ति र सिसि क्यामरा समेत जडान गरिने चन्द्रागिरि २ का वडा अध्यक्ष भाईकृष्ण तामाङले बताए ।

उक्त औषधी वडा कार्यालयको सहयोगमा खरिद गरि आफ्ना नागरिकहरूको स्वास्थमा ध्यान दिदै उक्त अभियान सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ ।

वडाले जनमैत्री र नागरिकहरू सेवा मुखी विविध गतिविधिहरू सञ्चालन गर्दै आईरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार