कैलाली, १३ मंसिर। धनगढीमा मोटरसाईक सवार एकजनाको दुर्घटनामा परि मुत्यु भएको छ ।
धनगढी उपमहानगरपालिका ११ बेलास्थित सडकमा से २ प २६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा एक जनाको मुत्यु भएको हो ।
मोटरसाईकल चालक सोही उपमहानगरपालिका ५ बस्ने ३८ वर्षीय खेम चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार