२२ फागुन, काठमाडौं । झापामाको मंगलबारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
सोमबार साँझ ६ बजे झापा गाउँपालिका वडा नम्बर ४ मंगलबारेस्थित हुलाकी राजमार्जमा शरणामतिबाट कुमारखोद जाँदै गरेको मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीका अनुसार मे ३ प ५९२१ नम्बरको मोटरसाइकलले पैदलयात्री ५५ वर्षीय शम्भु कार्कीलाई ठक्कर दिएको थियो। ठक्करबाट घाइते भएका कार्कीको उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो,त्यहाँ अस्पतालमा पुग्नासाथ चिकित्सकले मृत घोषणा गरेको बताए ।
शव सोही अस्पतालमा राखिएको छ। प्रहरीले मोटरसाइकल चालक झापा गाउँपालिका वडा नम्बर १ बस्ने ४५ वर्षीय पदमबहादुर राजवंशी प्रहरीको नियन्त्रणमा छन्।