• ट्रेण्डिङ :

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

cnewsnepal

बिहिबार, बैशाख ६ २०८१
पढ्न लाग्ने समय: < १ मिनेट


चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।

चालु आवमा रु पाँच अर्ब ५९ करोड सङ्कलन गर्ने लक्ष्य लिएकोमा हालसम्म रु आठ अर्ब ५६ करोड सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिनुभयो ।

नाका सञ्चालन भएपछि व्यापार बढेको उहाँले बताउनुभयो । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उहाँको भनाइ छ ।

उहाँले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार