• ट्रेण्डिङ :

सानो गणेश मन्दिर समाजले प्रकाशन गरेको कृति सिम्चा संगालो स्मारिका विमोचन

सानो गणेश मन्दिर समाजले प्रकाशन गरेको कृति सिम्चा संगालो स्मारिका विमोचन

cnewsnepal

बिहिबार, बैशाख २० २०८१
पढ्न लाग्ने समय: < ३ मिनेट


२० वैशाख, काठमाडौं । सानो गणेश मन्दिर समाजले प्रकाशन गरेको कृति सिम्चा संगालो स्मारिका (२०८१) बुधबार एक कार्यक्रमका बीच विमोचन गरिएको छ ।

चन्द्रागिरि नगरपालिका १० सतुगंलस्थित सिम्चा फाँट एक कार्यक्रमका विच पुर्व मन्त्री तथा प्रतिनिधि सभा सदस्य राजेन्द्रकुमार केसी, बागमती प्रदेश मन्त्री रमा आलेमगर, बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, स्थानीय जनप्रतिनिधिहरू, बरिष्ठ पत्रकार तथा साहित्यकार डा. नवराज लम्साल, समाजसेवी धर्मनन्द श्रेष्ठ, हिमेश केसी लगायतको उपस्थितिमा सो स्मारिका विमोचन गरिएको हो ।

कार्यक्रमा बोल्दै नेपाली काँग्रेसका नेता राजेन्द्रकुमार केसी (राजन)ले साहित्यिक सृजना मार्फत टोल बस्तीको विकास समृद्धि दस्तावेजमा उल्लेख हुनु आफैमा महान कार्य भएको बताए । नेता केसीले भविष्यका पिडीहरूका लागि स्मारिका राम्रो सन्दर्भ सामाग्री हुने धारणा व्यक्त गरे । केसीले भने, सानो गणेश मन्दिर समाजले स्थानिय विकासमा महत्वपुर्ण भुमिका निभाएको भन्दै साथ र सहयोगका लागि आफुले निरन्तर गदै जाने छु ।

बागमती प्रदेशको मन्त्री रमा आलेमगरले स्थानीय समुदाय मिलेर नै विकास निर्माणका गतिविधिहरू सञ्चालन गरिँदा त्यसको विश्वसनीयता र दीगोपना कायम हुने बताईन । मन्त्री मगरले ससाना घटना एवं विकास निर्माणका कार्यहरूमा सधैं स्थानीय तह, प्रदेश र संघको मुख ताक्न नहुने धारणा व्यक्त गरिन ।

विकास रुपान्तरण र समृद्ध समाज रुपान्तरणमा एउटा दस्ताबेजको रुपमा साहित्यिक सृजना सो स्मारिकामा प्रकाशित गरिएको प्रकाशक संस्था सिम्चा फाँट सानो गणेश मन्दिर समाजका अध्यक्ष तोकमान श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले स्थानीय कला संस्कृति, इतिहास, विकास निर्माणका गतिविधि तथा विभिन्न जानकारी मुलक लेख रचना रहेको उक्त पुस्तक समाजको एैनाको रुपमा रहने बताए ।

चन्द्रागिरिका नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरिको विकास र रुपान्तरणका लागि सवै नागरिकहरुको महत्वपुर्ण योगदान हुनु पर्ने बताए । नगर प्रमुख गिरीले एकिकृत पानी व्यवस्थापनमा जोड दिदै सवै घरघरमा शुद्ध खानेपानी उपलव्ध गराउन मेलम्चीको पानी वितरणको सम्भाव्यता सकरात्मक देखिएको बताए ।

पुस्तक लोकार्पण समारोहमा बागमती प्रदेश सभा सदस्य यमुनादेवी श्रेष्ठ हरेक विकास निमार्णमा सवै सरकार संग हातेमालो गर्दे अगाडी बढ्नु पर्ने बताईन । सिंहदरवारका शासन स्थानिय तहमा पुग्न नसकेको भन्दै निती नियममा अझै कमिकमजोरी रहेको बताईन ।

कार्यक्रममा साहित्यकार डा नवराज लम्साल, समाजसेवी धर्मनन्द श्रेष्ठ, हिमेश केसी लगायतले समेत आफनो धारणा राखेका थिए । कार्यक्रमा नमुना बस्ती सुधार समितिका अध्यक्ष समिर अधिकारी,सिम्चा उद्यान पार्कका अध्यक्ष ददिलाल लामिछाने, मित्रता युर्थ क्लवका अध्यक्ष अमृत श्रेष्ठ,सत्यपुर शिवालयका अध्यक्ष जयराम केसी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार