• ट्रेण्डिङ :

नागढुंगा–मुग्लिङ सडक आयोजना -पूर्वी खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द

नागढुंगा–मुग्लिङ सडक आयोजना -पूर्वी खण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द

cnewsnepal

बुधबार, असार २७ २०८१
पढ्न लाग्ने समय: < २ मिनेट


नागढुंगा–मुग्लिङ सडक आयोजना (पूर्वी खण्ड) ले पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे मलेखु खण्ड १५ दिनसम्म राति बन्द हुने जनाएको छ ।

सूचना प्रकाशित गर्दै यो सडक खण्ड २६ असारबाट राति बन्द गर्न लागिएको जनाएको छ । सडक राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने आयोजनाले जनाएको छ ।

उक्त सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाका पुलको संरचनामा काम गर्न सडक बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

क्रेनले उचालेर पुलको बिम राख्ने कार्य गर्न लागिएको र त्यो काम गर्ने बेला आउनसक्ने जोखिमलाई मध्यनजर गरी रातिको समयमा सडक बन्द गरिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिजन इन्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिए ।


दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको रिजालले बताए ।अरु सवारी साधनलाई बन्देज गरिए पनि अत्यावश्यक सेवाका एम्बुलेन्स, सुरक्षा निकाय, दमकल लगायतका सवारी साधनबाहेक अरु सबै सवारी साधनहरुलाई पूर्णरुपमा रोक लगाइएको प्रहरी कार्यालय गजुरीका प्रमुख डिएसपी डिल्ली नारायण पाण्डेले जानकारी दिए ।
यो सडकको विकल्पमा गल्छी(बिदुर(छहरे(टोखा सडक प्रयोग गर्न नागढुंगा(मुग्लिङ सडक आयोजना र जिल्ला प्रहरी कार्यालय धादिङले आग्रह गरेका छन् ।

सूचना हेर्नुहोस  :

प्रतिक्रिया
सम्बन्धित समाचार